News Griha :: न्यूजगृह
एमाले सचेतक बर्तौला भन्छन्– नेतृत्व लिएकाको नाम जलहरीमा लेखिनु सामान्य हो

काठमाडौं— नेकपा एमालेका सचेतक महेश बर्तौलाले जलहरीमा पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वमन्त्रीको नाम लेखिनु सामान्य विषय बताएका छन् ।

सोमबार संसद् भवनबाहिर सञ्चारकर्मीसँग बोल्दै उनले जलहरीमा अनियमितता गर्ने जो कोहीलाई पनि कारबाही हुनपर्ने र एमाले भ्रष्टाचारी जोगाउने पक्षमा नरहेको बताए ।

उनले नेतृत्व लिएकाको नाम आउनु ठूलो विषय नरहेको र उद्घाटन गरिएका ठाउँमा नेतृत्वको नाम आउनु स्वभाविक भएको बताए ।

उनले भने,‘पूर्वप्रधानमन्त्री,पूर्वराष्ट्रपति,पूर्वसंस्कृतिमन्त्रीको नाम लेखियो भन्नेकुरा पूर्वाग्रहपूर्ण हो । केपी ओलीको लोकप्रियता छ, राष्ट्रले भरोसा गरेको छ, त्यसकोविरुद्धमा यो आएको हो । त्यही पनि यसको सत्यतथ्य रिपोर्ट आएपछि मात्रै यसबारेमा बोल्न सकिन्छ । उहाँको  सरकारको पालामा, नेतृत्व रहेका बेलामा काम भएको सामान्य कुरा हो ।’

प्रकाशित मिति: सोमबार, असार ११, २०८०  १८:४७
Weather Update