शिक्षकलाई मासिक तलब दिन कति रकम छुट्याइयो ?

काठमाडौं— काठमाडौं महानगरपालिकाले अबदेखि शिक्षकलाई मासिक रूपमा तलब दिने घोषणा गरेको छ । आइतबार आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै महानगरले अबदेखि मासिक रूपमा तलब दिने घोषणा गरेको हो ।
महानगरले शिक्षकलाई मासिक तलब उपलब्ध गराउन ३० करोड रुपैयाँको सोध भर्ना कोष खडा गर्ने भएको छ । महानगरभित्रका सामुदायिक विद्यालयका शिक्षकलाई मासिक तलब प्रदान गर्ने उद्देश्यले महानगरले कोष खडा गर्न लागेकाे हो ।
त्यसैगरी महानगरले शिक्षा क्षेत्रमा १ अर्ब ३२ करोड ९ लाख ३३ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । महानगरले प्रधानाध्यापकको मासिक भत्ता वृद्धि गरेको छ ।
प्रकाशित मिति: सोमबार, असार ११, २०८० १८:०८