News Griha :: न्यूजगृह
निजी विद्यालयलाई बालेनको पत्र– कुन शीर्षकमा कति शुल्क लिने हो निर्णय पठाउनू

काठमाडौं— काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले निजी विद्यालयहरूलाई कुन शीर्षकमा कति शुल्क लिन लागेको हो त्यसको जानकारी पठाउन पत्राचार गरेका छन् । सोमबार महानगरअन्तर्गत सञ्चालित सबै संस्थागत (निजी) विद्यालयहरूलाई उनले पत्र पठाएका हुन् ।

उनले भनेका छन्,‘शैक्षिक सत्र २०८०/०८१ मा कक्षा ११ मा भर्ना गरिने विद्यार्थीसँग के–के शीर्षकमा के कति शुल्क लिने हो ? काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा २७ (९)  बमोजिमको विद्यालय व्यवस्थापन समितिको निर्णयसहित शुल्क प्रस्ताव मिति ०८० आषाढ मसान्तभित्र काठमाडौं महानगरपालिकाको शिक्षा विभागमा उपलब्ध गराइदिनुहुन अनुरोध गर्दछौँ ।’ 

balen1687781896.jpg

प्रकाशित मिति: सोमबार, असार ११, २०८०  १८:०३
Weather Update