News Griha :: न्यूजगृह
सरकार ढाल्नु देशलाई अस्थिरतातर्फ लैजानु हो : मन्त्री किराती

काठमाडौं— संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले वर्तमान सरकार ढाल्नु भनेको देशलाई अस्थिरतातर्फ लैजानु रहेको बताएका छन् ।

सोमबार संसद् भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘यो सरकार ढल्दैन, ५ वर्षसम्म नै चल्छ । यो सरकार यस कारणले ढल्दैन कि ठूला राजनीतिक दलमा देखिएका अविश्वास अझै देशलाई अस्थिर बनाउने हो भने आउने निर्वाचनमा अस्तित्व झन् संकटमा पर्छ ।’

उनले आफू प्रधानमन्त्रीले दिएको देश बनाउने निर्देशन र आमाले दिएको अर्ति भन्दा बाहिर गएर काम नगर्ने स्पष्ट पारे । 
 

प्रकाशित मिति: सोमबार, असार ११, २०८०  १७:४९
Weather Update