News Griha :: न्यूजगृह
मन्त्रालय भागबन्डा टुंगो लागेन, संवादमै प्रधानमन्त्री दाहाल

काठमाडौं— नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सत्तारुढ दलहरूबीच मन्त्रालयको भागबन्डा नटुंगिएको बताएका छन् ।

आइतबार संघीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उपसभापति खड्काले मन्त्रालय भागबन्डाको विषय नटुंगिएको बताएका हुन् ।

उनले गठबन्धन दलका नेताहरूका बीचमा छलफल भइरहेको भए पनि कुन पार्टीले कुन मन्त्रालय भन्नेमा टुंगो नलागेको बताए ।

Purna-Khadka1679836436.jpg
पूर्णबहादुर खड्का । फाइल तस्बिर 

उनले नेपाली कांग्रेसले पनि कसको नेतृत्वमा सरकारमा जाने र को–को मन्त्री भएर जाने भन्नेमा निर्णय गरिनसकेको बताए ।

उनले भने, ‘नेपाली कांग्रेसले औपचारिक रूपमा कुनै निर्णय गरेको छैन । कांग्रेस मात्रै होइन कुनै पनि दलले कुन मन्त्रालय लिएर सहभागी हुने भन्ने बारेमा अन्तिम निर्णय भइसकेको छैन । अहिले सबै कुरा छलफलको क्रममा छ ।’

उनले आगामी ३ दिनभित्रमा सरकारले पूर्णता पाउने बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै दलहरूसँग संवाद गरिरहेको भन्दै ३ दिनभित्रमा सरकारले पूर्णता पाउने उनले बताए ।

प्रकाशित मिति: आइतबार, चैत १२, २०७९  १८:५३
Weather Update