News Griha :: न्यूजगृह
‘जनयुद्ध दिवस’ खारेजीको माग गर्दै रिट

काठमाडौं— ‘जनयुद्ध दिवस’ खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । ‘द्वन्द्वपीडित’हरूले ‘जनयुद्ध दिवस’ खारेज गर्नुपर्ने मागसहित आइतबार सर्वोच्चमा रिट दिएका हुन् ।

सर्वोच्चका एक अधिकारीले ‘जनयुद्ध दिवस’ खारेजीको माग गर्दै रिट आएको र यसमा अध्ययन भइरहेको जानकारी दिए ।

सरकारले गत फागुन १ गते ‘जनयुद्ध दिवस’ का दिन सार्वजनिक बिदा दिएको थियो । २०५२ साल फागुन १ गते तत्कालीन नेकपा माओवादीले जनयुद्ध सुरु गरेको थियो ।

प्रकाशित मिति: आइतबार, चैत १२, २०७९  १८:३७
Weather Update