News Griha :: न्यूजगृह
सभामुखको अधिकार कटौती गर्न हुन्न : खिमलाल देवकोटा

काठमाडौं— राष्ट्रिय सभा सांसद खिमलाल देवकोटाले सभामुखको अधिकारलाई कटौती गर्ने कुरा गलत भएको बताएका छन् । आइतबार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले अधिकार कटौती गर्न नहुने बताएका हुन् ।

उनले अनावश्यक रुपमा सभामुखको अधिकारलाई कटौती गर्ने, हस्तक्षेप गर्ने बहस चलिरहेको बताए । उनले प्रतिनिधि सभामा छलफलमा रहेको यो प्रावधान राष्ट्रिय सभामा पनि आउनसक्ने भन्दै चिन्ता व्यक्त गरे ।

उनले भने‘प्रतिनिधि सभामा प्रतिनिधि सभा नियमावलीको छलफल भइरहेको छ । त्यहाँ अनावश्यक रुपमा सभामुखको अधिकारलाई कटौती गर्ने, हस्तक्षेप गर्ने, बहस भइरहेको छ । त्यो गलत हो ।’

राष्ट्रिय सभामा पनि अध्यक्षको अधिकार कटौतीको विषयले प्रवेश पाउनसक्ने भन्दै त्यस्तो नगर्न आग्रह गरे ।

प्रकाशित मिति: आइतबार, चैत १२, २०७९  १८:१९
Weather Update