News Griha :: न्यूजगृह
मधेस दिवस मनाउने मधेस आयोगको निर्णय, गहन छलफलपछि मिति तोकिने 

काठमाडौं— मधेसआयोगले मधेस दिवस मनाउने निर्णय गरेको छ ।

आयोगको कार्यालयमा आइतबार बसेको आयोगको ८५औँ बैठकमा आयोगले मधेस दिवस कहिले मनाउने सम्बन्धमा विज्ञहरूसँग छलफल गरेअनुरूप मधेस दिवस मनाउने निर्णय गरेको हो । 

आयोगका अध्यक्ष डा.विजयकुमार दत्तको अध्यक्षतामा बसेको सो बैठकमा पूर्वमन्त्रीद्वय लालबाबु पण्डित तथा अनिल झा, सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल, पूर्वन्यायाधीश लोकेन्द्र मल्लिक, लोकसेवा आयोगका पूर्वसदस्य ब्रह्मदेव राय, पूर्वसांसद सकलदेव सुतिहारसहितका विज्ञहरूसँग आयोगले मधेस दिवसको मिति निर्क्यौल गर्ने सम्बन्धमा छलफल गरेको आयोगद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । 

आयोगले नेपाल र नेपाली, मधेस र मधेसीलाई गौरवान्वित हुने गरेको मिति निर्णय गर्ने र सोको लागि आर्थिक, सामाजिक, राजनीतिक र भौगोलिक आधारहरूमध्ये कुन राम्रो हुने उद्देश्यका साथ आगामी दिनहरूमा सरोकारवालाहरूसंँग गहन छलफल गरी सो मितिमा मधेस दिवस मनाउन आयोगले आवश्यक निर्णय गर्ने समेत जानकारी दिएको छ । 

आयोगले सबै सरोकारवालाहरूसँग मधेस दिवस मनाउन उपयुक्त मितिसम्बनधी राय/सुझाव समेत माग गरेको छ । 

PRESS RELEASE MADHESH DIWAS1687757957.jpg

प्रकाशित मिति: सोमबार, असार ११, २०८०  ११:२४
Weather Update