इनारमा डुबेर दुई युवाको मृत्यु

काठमाडौं— भोटेबहालमा इनारमा डुबेर दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा झापा घर भएका ३६ वर्षीय दिपेन लिम्बू र सिन्धुली घर भएका २२ वर्षीय जितेश गुरुङ छन् । पानी तान्ने मोटर निकाल्न दिपेन इनारमा पसेका थिए ।
त्यसपछि दिपेनलाई बचाउन जितेश इनारमा गएका थिए । सोही क्रममा दुवै जनाएको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले बताए ।
प्रकाशित मिति: सोमबार, असार ११, २०८० १०:४९