जसपा विधान अधिवेशन : समूहगत छलफल हुँदै

काठमाडौं— जनता समाजवादी पार्टी नेपालको विधान अधिवेशन जारी छ ।
आइतबार अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेको विधानमाथि सोमबार १० समूह विभाजन भएर छलफल हुँदै छ ।
बैठकमा केन्द्रीय कमिटीका ४ सय १० सदस्य साथै प्रदेश र जिल्ला कमिटी, भ्रातृ संगठन लगायत देशभरि तथा प्रवासबाट समेत गरी करिब ८ सय प्रतिनिधिहरू सहभागी भएर समूहगत छलफल गर्न लागेका हुन् ।
प्रकाशित मिति: सोमबार, असार ११, २०८० १०:२७