News Griha :: न्यूजगृह
लागूऔषध दुरुपयोगविरुद्ध चेतना जगाउन प्रभातफेरी
लागूऔषध दुरुपयोग तथा अवैध ओसारपासर विरुद्धको अन्तर्राष्ट्र्रिय दिवसका अवसरमा सोमबार झापाको बिर्तामोडमा निकालिएको प्रभातफेरीका सहभागीहरू । तस्बिर:सुरेन्द्र भण्डारी/रासस

काठमाडौं— लागूऔषध दुरुपयोग तथा ओसारपसारविरुद्ध सचेतना जगाउन प्रभातफेरी निकालिएको छ ।

लागूऔषध दुरुपयोग तथा ओसार–पसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको सन्दर्भ पारेर गृह मन्त्रालयको आयोजनामा आज प्रभातफेरी निकालिएको हो ।

भृकुटीमण्डपबाट सुरु भएको प्रभातफेरी भद्रकाली मन्दिर परिक्रमा गरी पुनः भृकुटीमण्डप हुँदै राष्ट्रिय सभागृहमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।

सो अवसरमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, मन्त्रालयका उच्च अधिकारी, युवा तथा विद्यार्थीलगायतको सहभागिता रहेको थियो ।

प्रभातफेरीमा सहभागीले लागूऔषधको दुर्व्यसन र ओसारपसारविरुद्ध विभिन्न जनचेतनामूलक ब्यानर, प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति: सोमबार, असार ११, २०८०  ०९:५९
Weather Update