News Griha :: न्यूजगृह
सन्दीपविरुद्धको मुद्दामा सुनुवाइ हुँदै 

काठमाडौं— नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदैछ । सोमबार जिल्ला अदालत काठमाडौंमा वादी पक्षले माग गरेको क्षतिपूर्तिको मुद्दाबारे सुनुवाइ हुन लागेको हो ।

यसअघि १० लाख क्षतिपूर्तिको मागलाई अदालतले खारेज गरेको थियो । उक्त माग खारेज भए पनि सर्वोच्च अदालतले पीडित राहतकोषमार्फत क्षतिपूर्तिको विषय सम्बोधन गर्नुपर्ने जनाएपछि वादी पक्षले क्षतिपूर्ति माग गर्दै पुनः जिल्ला अदालत काठमाडौंमा निवेदन दिएको थियो ।

उनीहरूले करिब ३६ हजार बराबरको माग गरेपछि अदालतले पीडितले उपचार गरेको अस्पताललाई पत्र पठाउँदै खर्च विवरण माग गरेको थियो । जिल्ला अदालत काठमाडौंले माग गरेबमोजिम अस्पतालको प्रतिवेदन प्राप्त गरेपछि आज सुनुवाइ गर्न लागिएको हो ।

प्रकाशित मिति: सोमबार, असार ११, २०८०  ०९:३५
Weather Update