भक्तपुर नगरपालिकाद्वारा विद्यालय कर्मचारी र ईसीडी शिक्षकको तलब वृद्धि

काठमाडौं— भक्तपुर नगरपालिकाले सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारी र प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी) शिक्षकको तलबमा वृद्धि गरेको छ ।
आइतबार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको १४ औं नगर सभाको बैठकमा उपप्रमुख रजनी जोशीले नगरपालिकाको आ.व. २०८०/८१ को अनुमानित आयव्यय (बजेट) प्रस्तुत गर्दै कर्मचारी र ईसीडी शिक्षकको तलब वृद्धि गरेको घोषणा गरिन् ।
उनका अनुसार नगरपालिकाभित्रका सामुदायिक विद्यालयहरूमा कार्यरत कर्मचारी तथा सहयोगीहरूका लागि निजहरूले पाउँदै आएको तलबमा नगरपालिकाको तर्फबाट प्रतिव्यक्ति मासिक २ हजार रुपैयाँको दरले थप पारिश्रमिकको व्यवस्था गरेको छ ।
हाल कर्मचारीले स्थानीय तहबाट सात हजार रुपैयाँ पाउँदै आएका छन् ।
प्रकाशित मिति: सोमबार, असार ११, २०८० ०७:५२