विनियोजन विधेयक
प्रतिनिधि सभामा सांसदले उठाएका प्रश्नको उत्तर दिँदै मन्त्रीहरू

काठमाडौं— प्रतिनिधि सभाको बैठक सोमबार पनि बस्दै छ । ११ बजे बस्ने बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको उत्तर विभागीय मन्त्रीहरूले दिने सम्भावित कार्यसूची रहेको छ ।
बैठकमा रक्षा मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, परराष्ट्र मन्त्रालय, उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, खानेपानी मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीले छलफलमा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ ।
प्रकाशित मिति: सोमबार, असार ११, २०८० ०७:३४