News Griha :: न्यूजगृह
विद्यार्थीको दिवा खाजा र प्रधानाध्यापकको प्रोत्साहनका लागि बजेट छुट्याइयो

काठमाडौं— पोखरा महानगरपालिकाले विद्यार्थीको दिवा खाजा र प्रधानाध्यापकको प्रोत्साहन कार्यक्रमका लागि चार करोड ६५ लाख विनियोजन गरेको छ ।

आइतबार आगामी आव ०८०/०८१ को बजेट सार्वजनिक गर्दै महानगर सो कार्यक्रमका लागि बजेट छुट्याएको हो ।

संघीय सरकारले तल्लो तहका विद्यार्थीलाई खाजाबापत दैनिक दिँदै आएको १५ मा महानगरले १० थपी २५ रुपैयाँ  पुर्‍याउने भएको छ ।

गण्डकी बहुप्राविधिक शिक्षालयको पूर्वाधार विकास र शैक्षिक कार्यक्रम सञ्चालनका लागि तीन करोड ३३ लाख बजेट छुट्टाइएको छ ।

कक्षा ६ देखि १२ सम्मका छात्रका लागि निःशुल्क सेनेटरी प्याड उपलब्ध गराउन एक करोड ६३ लाख विनियोजन गरिएको छ ।

महानगरमा स्रोत शिक्षा, खेलकुद, युवा र प्राज्ञ प्रतिष्ठानसम्बन्धी कार्यक्रमका लागि १८ करोड बजेट छुट्टाइएको छ ।

प्रकाशित मिति: सोमबार, असार ११, २०८०  ०७:०४
Weather Update