सामुदायिक विद्यालयका प्रधानाध्यापकको भत्ता वृद्धि

काठमाडौं— काठमाडौं महानगरपालिकाभित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकको भत्ता वृद्धि गरिएको छ ।
आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले प्रधानाध्यापकको मासिक भत्ता वृद्धि गर्ने घोषणा गरिन् । तर कति वृद्धि गर्ने भन्ने चाहिँ खुलेको छैन ।
काठमाडौं महानगरले शिक्षा क्षेत्रमा १ अर्ब ३२ करोड ९ लाख ३३ हजार रुपैयाँ विनियोजन गरेको छ ।
यस अन्तर्गत ‘गरिखाने शिक्षा, महानगरको इच्छा’ कार्यक्रमका लागि ५० करोड रुपैयाँ खर्च गरिने छ ।
प्रकाशित मिति: सोमबार, असार ११, २०८० ०६:५१