वीरगन्ज महानगरले शिक्षक स्वयंसेवक कार्यक्रम सञ्चालन गर्ने

काठमाडौं— वीरगन्ज महानगरपालिकाले सामुदायिक विद्यालयमा शिक्षक स्वयंसेवक कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
महानगरपालिकाको १३औँ अधिवेशनमा आइतबार नगरप्रमुख राजेशमान सिंहले उक्त कार्यक्रम सञ्चालन गर्ने जनाएका हुन् ।
महानगरपालिकाले गुणस्तरीय शिक्षामा सबैको पहुँच सुनिश्चित गर्न सामुदायिक विद्यालय शिक्षक स्वयंसेवक कार्यक्रम सञ्चालन गर्ने उनको भनाइ छ ।
स्वयंसेवक शिक्षक कार्यक्रमका लागि महानगरपालिकाले चार करोड ७५ लाख विनियोजन गरेको छ ।
प्रकाशित मिति: सोमबार, असार ११, २०८० ०६:४६