प्रदेश निजामती सेवाका विभिन्न तहका पदमा दरखास्त माग

काठमाडौं— प्रदेश लोकसेवा आयोग कोशी प्रदेशले कर्मचारी नियुक्तिका लागि आवेदन आह्वान गरेको छ ।
प्रदेश निजामती सेवाका विभिन्न सेवा समूहका प्राविधिक तथा अप्राविधिक तर्फका अधिकृतस्तर आठौँ तह र सातौँ तहका पदहरूमा आयोगले दरखास्त माग गरेको हो ।
न्यूनतम योग्यता पुगेका उम्मेदवारले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।
प्रकाशित मिति: सोमबार, असार ११, २०८० ०६:२६