News Griha :: न्यूजगृह
आज कहाँ कहाँ पर्छ पानी ?

काठमाडौं— देशभरभर मनसुनी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको हुँदा आज सोमबार पनि देशभर पानी पर्ने सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यतिखेर कोशी र मधेस प्रदेशमा आंशीक बदली भई बाँकी भू–भागमा सामान्यदेखि पूर्णतया बदली रहने छ ।

देशभर केही स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । बाग्मती, गण्डकी, लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ ।

राति बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

प्रकाशित मिति: सोमबार, असार ११, २०८०  ०६:२१
Weather Update