
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सन्तोष परियारले संसदमा आफ्नो पार्टीले उठाएका मुद्दाको सम्बोधन नभए टुलुटुलु हेरेर बस्न नसक्ने बताएका छन् ।
आइतबार संसद भवनबाहिर सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै पार्टीका प्रमुख सचेतकसमेत रहेका परियारले यस्तो बताएका हुन् । उनले बजेट कर्मकाण्डी भएको प्रतिक्रिया दिए ।
उनले भने,‘बजेट कर्मकाण्डी आएको छ । अर्को पटक यस्तो आउने छैन । हामीले त्यसको तयारी गरिरहेका छौँ । यसका सैद्धान्तिक छलफलदेखि यसका नीति तथा कार्यक्रमदेखि लिएर सारा कुरालाई रि फ्रेम गर्नुपर्छ । त्यो गर्न राष्ट्रिय स्वतन्त्र पार्टी तयार छ । रास्वपा स्थायी सरकारको पक्षमा छ । हामी देश र जनताको मुद्दा उठाइरहने तर सरकारले वास्ता नगर्ने हो भने हामी टुलुटुलु हेरेर बस्दैनौँ । कांग्रेस र एमाले संसदको पहिलो र दोस्रो ठूलो दल मिलेर सरकार बनाउँछन् भन्ने लाग्दैन ।’