वर्तमान सरकारले आफ्नो समयसम्म काम गर्न पाउनुपर्छ : उपेन्द्र यादव

काठमाडौं— जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारले आफ्नो समयसम्म काम गर्न पाउनुपर्ने पक्षमा आफूहरु रहेको बताएका छन् ।
आइतबार पार्टीको विधान अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष यादवले वर्तमान सत्तारुढ गठबन्धन कायम राख्नुपर्ने बताए ।
‘हामी चाहान्छौँ यो सरकार निरन्तर आफ्नो समयसम्म रहोस्,’उनले भने,‘यो गठबन्धन अगाडि बढोस् । परिवर्तनको नेतृत्व सरकारले गर्नुपर्छ । बाटो खोल्नुपर्छ ।’
उनले सरकारले ल्याएको बजेटले जनतालाई निकै निराश तुल्याएको बताए ।
प्रकाशित मिति: आइतबार, असार १०, २०८० १८:४०