News Griha :: न्यूजगृह
संयुक्त सरकारमा प्रधानमन्त्रीले पनि एकलौटी गर्न सक्दैनन् : मन्त्री राई 
फाइल तस्बिर ।

काठमाडौं— जनता समाजवादी पार्टी नेपाल (जसपा)का नेता अशोककुमार राईले विधान अधिवेशन नयाँ र लोकतान्त्रिक भएको भन्दै ऐतिहासिक अभ्यासको सुरुवात गरेको बताएका छन् । 

आइतबार जनता समाजवादी पार्टी नेपाल (जसपा) को पहिलो विधान अधिवेशनमा उनले गठबन्धन सरकारमा मन्त्री र पार्टीको नेताले चाहेर पनि छिटो काम गर्न नसक्ने उल्लेख गर्दै त्यसलाई पार्टीका नेताले बुझ्नुपर्ने बताए । 

उनले भने, ‘संयुक्त सरकारमा कसैले पनि आफूले चाहेको जस्तो अगाडि जान सक्दैन । त्यहाँ कहीँ न कहीँ सम्झौता गर्नुपर्ने हुन्छ । संयुक्त सरकारमा हाम्रो पार्टीले चाहेको जसरी छिटोछिटो काम गर्ने ढिलासुस्ती हटाउने कुराहरू नभइदिन सक्छ । मन्त्रीहरूको तहमा मात्रै समस्याको समाधान हुँदैन,’ उनले भने, ‘त्यसका लागि शीर्षस्थ नेताको बैठकमा प्रधानमन्त्रीले खोज्नुपर्ने हुन्छ । प्रधानमन्त्रीले पनि आफूले चाहे जसरी सरकारलाई सञ्चालन गर्न सक्दैनन् । यो सीमालाई ध्यानमा राखेर आफ्नो चाहना, अपेक्षा र मागलाई निर्धारण गर्नुपर्ने हुन्छ ।’ 

प्रकाशित मिति: आइतबार, असार १०, २०८०  १७:५९
Weather Update