News Griha :: न्यूजगृह
आगामी तीन वर्षभित्र काठमाडौं–निजगढ द्रुतमार्ग निर्माण कार्य सम्पन्न गरिनेछ : मन्त्री ज्वाला
फाइल तस्बिर ।

काठमाडौं— भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आगामी तीन वर्षभित्र काठमाडौं–निजगढ द्रुतमार्ग निर्माण कार्य सम्पन्न हुने बताएका छन् । 

आइतबार प्रतिनिधि सभा बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले सो प्रतिबद्धता व्यक्त गरेका हुन् । 

मन्त्री ज्वालाले सो द्रुतमार्गको निर्माणका लागि आगामी आर्थिक वर्षका लागि २२ अर्ब बजेट व्यवस्था गरिएको पनि बताए । उनले मन्त्रालयको बजेट चालु आर्थिक वर्षको भन्दा करिब ३७ अर्ब घटेकाले सबै क्षेत्रको मागलाई सम्बोधन गर्न सकिने अवस्था नरहेको स्पष्टीकरण समेत दिए । 

मन्त्री ज्वालाले सो द्रुतमार्गको निर्माण कार्यलाई नेपाली सेनाले तीव्रताका साथ अघि बढाएको पनि संसद्लाई जानकारी गराए । 

मन्त्री ज्वालाले भौतिक पूर्वाधार तथा यातायात क्षेत्रको निर्माण कार्यलाई तोकिएकै समयमा सम्पन्न गराउन र गुणस्तरीय बनाउन आफू लागिपर्ने समेत बताए । 

प्रकाशित मिति: आइतबार, असार १०, २०८०  १७:४२
Weather Update