काठमाडौं— सांसद चित्रबहादुर केसीले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेनले अदालतको आदेश मान्दिन भन्न नमिल्ने बताएका छन् ।
उनले भने, ‘बालेनले केही सही गर्यो भन्दैमा अदालतको निर्णय त मान्दिन भन्न भएन नि । नगरप्रमुखले त्यसो भन्न मिलेन नि । त्यसो भए कसले मान्नी ?’
आइतबार प्रतिनिधि सभा बैठंकमा सांसद केसीले बजेटले भेदभाव र अन्याय गरेको पनि बताए ।
जे पनि गर्न मिल्ने नेपालमा बजेट संशोधन गर्न मिल्दैन भन्नु अचम्मको पक्ष भएको भन्दै बजेट भेदभाव र अन्यायले भरिएको उनले बताए ।
उनले भने, ‘मेरो कुलो बनेन, स्कुल बनेन, बाटो बनेन, भनेर हैरान पारेका छन् । यहाँ भान्सेहरूले आआफ्नो क्षेत्रमा बजेट राखे । जसको शक्ति, बल छ, उसले आफ्नो क्षेत्र, जिल्लामा लगानी गर्छ । जहाँ नियमपूर्वक काम गर्न पनि छ । त्यहाँ उनीहरूले भेदभाव गर्छन् । बजेट पास हुन कठिन नै छ,’ उनले भने ।
सांसद केसीले नेपालमा देशको सार्वभौमसत्ता बिक्री गरेर खानेहरू रहेको जिकिर गर्दै छिमेकीको रणनीति बुझेर कामगर्नु पर्ने बताए ।