भेदभाव अन्त्य
छुवाछुत गर्नेलाई आजीवन कैद सजायको व्यवस्था गर्न माग

काठमाडौं— राष्ट्रिय सभा सदस्य वामदेव गौतमले दलित र उत्पीडित व्यवस्थालाई समर्थन गर्ने संविधान उत्कृष्ट हुन नसक्ने बताएका छन् ।
आइतबार राष्ट्रिय सभा बैठकमा उनले नेपालको संविधान संसारकै उत्कृष्ट संविधान भन्ने गरिएको तर दलित र उत्पीडित व्यवस्थालाई समर्थन गर्ने संविधान उत्कृष्ट हुनै नसक्ने बताए । सांसद गौतमले नेपालको संविधानले छुवाछुत र भेदभाव अन्त्य गर्ने व्यवस्था नगरेको दाबी गरे । उनले दलित भनेर छुवाछुत गर्नेलाई जघन्य अपराध मानेर जन्मकैदको फैसलाको व्यवस्था संविधानमा गर्नुपर्ने बताए ।
प्रकाशित मिति: आइतबार, चैत १२, २०७९ १६:०२













