News Griha :: न्यूजगृह
ज्ञान इन्स्टिच्युटको आयोजनामा क्यानडा 'एडमिशन डे' हुने 

काठमाडौं— अध्ययनका लागि क्यानडा जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै ज्ञान करिअर इन्स्टिच्युटको आयोजनामा काठमाडौंमा क्यानडियन 'एडमिशन डे' हुने भएको छ ।

सोमबार बागबजारस्थित इन्स्टिच्युटको कार्यालयमा हुने कार्यक्रममा विद्यार्थीहरूलाई सहभागिताको लागि इन्स्टिच्युटले आह्वान गरेको छ । 

कार्यक्रममा वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरूले निशुल्क रुपमा सहभागिता जनाउन सक्नेछन् । क्यानडाको युनिभर्सिटी र कलेजमा लाइभ भर्ना सेसन समेत चल्ने सो कार्यक्रममा सहभागी भएर विद्यार्थीहरूले क्यानडाको शैक्षिक प्रणाली र कोर्षको बारेमा जानकारी लिन सक्ने इन्स्टिच्युटका सीईओ अकृजा पोखरेलले जानकारी दिइन् ।

'क्यानडामा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि हामीले विशेष कार्यक्रमको आयोजना गरेका हौँ,' सीईओ पोखरेलले भनिन्, 'सोमबार हुने सो कार्यक्रममा विद्यार्थीहरूलाई सहजीकरण गर्नका लागि क्यानडाकै विश्वविद्यालयका प्रतिनिधि नेपाल आइसकेका छन् ।'

क्यानडियन कलेज अफ टेक्नोलोजी एण्ड बिजनेसका दक्षिण एशिया प्रतिनिधि सागर गिरधारले विद्यार्थीहरूलाई क्यानडा अध्ययन र प्रकृयाको बारेमा सहजीकरण गर्ने इन्स्टिच्युटले जनाएको छ । 

एडमिशन डेमा सहभागी विद्यार्थी तथा अभिभावकहरूले क्यानडा अध्ययनमा जान आवश्यक प्रकृयाको बारेमा जानकारी लिनुका साथै फेस टु फेस काउन्सिलिङ र इन्स्ट्यान्टएडमिशनको समेत सुविधा पाउने इन्स्टिच्युटले जनाएको छ ।

सोमबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म चल्ने विशेष कार्यक्रम क्यानडा एडमिशन डेमा करिब ३ सय विद्यार्थीहरू सहभागी हुने इन्स्टिच्युटले जनाएको छ । 

काठमाडौंबाट सेवा शुरु गरेको ज्ञान करिअर इन्स्टिच्युट यसअघि पोखराबाट सञ्चालन हुँदै आएको थियो । हाल कम्पनीले काठमाडौं, ललितपुर, पोखरा र बाराबाट विद्यार्थीहरूलाई सेवा उपलब्ध गराउँदै आएको छ । 

प्रकाशित मिति: आइतबार, असार १०, २०८०  १६:१७
Weather Update