News Griha :: न्यूजगृह
कांग्रेस छियाछिया भयो, पुनःजीवन दिनुपर्ने खाँचो छ : नेता कोइराला

काठमाडौं— नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले नेपाली कांग्रेसलाई पुनःजीवन दिनपर्ने आवश्यकता रहेको बताएका छन्

आइतबार पार्टीनिकट नेपाल प्रेस युनियन काठमाडौं शाखाको नवौँ अधिवेशनमा उनले नेपाली कांग्रेस अहिले छियाछिया भइरहेको भन्दै यसलाई पुनःजीवन दिनुपर्ने खाँचो रहेको बताए । नेता कोइरालाले कांग्रेसलाई बचाउनको लागि सुभेच्छुक संस्थाहरूले पार्टी नेतृत्वलाई खबरदारी गर्नुपर्ने बताए । 

‘नेपाली कांग्रेस छियाछिया हुन थालेको छ । अब यसलाई कसरी हामीले पुनःजीवन दिने हो ? जाडोको याममा पात झरेको देख्नुभएको छ । पात झर्दाझर्दै उसले एउटा तरंग दिन्छ वृक्षलाई कि ऊ जाडो यामलाई छलेर जब वसन्त ऋतु आएँछ फेरि हरियो भएर जान्छ,’ उनले भने, ‘त्यसैले तीन, चार, पाँच सय वर्ष जान्छ, त्यसलाई अपक्टोसिस भनिन्छ । यो नेचुरल प्रक्रिया हो । आउँदो भविष्यमा नेपाली कांग्रेस कसरी जाने भन्नेबारेमा सोच्नुपर्छ ।’

नेता कोइरालाले सबैले आफ्नो दायित्व स्पष्ट गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले संविधानमाथि धेरै प्रहार भइरहेको भन्दै यसको रक्षा पत्रकारहरूले गर्नुपर्ने बताए । 
 

प्रकाशित मिति: आइतबार, असार १०, २०८०  १६:२२
Weather Update