सुनको तौल र गुणस्तर
पशुपतिमा सुनको जलहरी जोख्ने तयारी, खाली गराइयो मन्दिर परिसर

काठमाडौं— पशुपतिनाथ मन्दिरको जलहरीमा प्रयोग भएको सुनको तौल र गुणस्तर जाँच्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली पशुपतिनाथ मन्दिर पुगेको छ । पशुपतिनाथ मन्दिरमा पूजाआजा गर्न गएका भक्तजनलाई बाहिर निकालेर पशुपतिका सबै ढोका लगाइएको छ ।
जाँच्न टोलीमा खानी तथा भूगर्भ विभाग, गुणस्तर तथा नापतौल विभाग र नेपाल सुनचाँदी व्यवसायी महासङ्घका प्रतिनिधिहरू छन् । उनीहरूले जलहरीको सुनको गुणस्तर, तौललगायत विषयमा परीक्षण गर्ने छन् ।
सुन जाँचका लागि नेपाली सेनाको टोली पनि पशुपति पुगेको छ ।
प्रकाशित मिति: आइतबार, असार १०, २०८० १५:४१