News Griha :: न्यूजगृह
जलहरी प्रकरणः अख्तियारको टोली पशुपतिनाथमा 

काठमाडौं — अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पशुपतिनाथ मन्दिरको जलहरीमा प्रयोग भएको सुनको तौल र गुणस्तर जाँच्ने भएको छ ।

त्यसका लागि टोली पशुपति जान लागेको  हो । टोलीमा खानी तथा भूगर्भ विभाग, गुणस्तर तथा नापतौल विभाग र नेपाल सुनचाँदी व्यवसायी महासङ्घका प्रतिनिधि संलग्न हुने स्रोतले जनाएको छ ।

उनीहरूले जलहरी बनाइएको सुनको गुणस्तर, तौल लगायत विषयमा परीक्षण गर्ने छन् । पशुपतिमा सुन जाँच हुने भएपछि सुरक्षाका लागि प्रहरी तैनाथ गरिएको छ । 

प्रकाशित मिति: आइतबार, असार १०, २०८०  १५:३४
Weather Update