नामकरण
कोशी प्रदेश आन्दोलनः वार्ता गरी समस्या समाधान गर्न सांसदको माग

काठमाडौं— प्रतिनिधि सभाको बैठकमा नेकपा माओवादी केन्द्रका सांसद दुर्गा राईले कोशी प्रदेश नामकरण विरोध गर्ने प्रदर्शनकारीसँग वार्ता र संवाद गरी समस्याको समाधान गर्न माग गरेका छन् ।
प्रतिनिधि सभाको आइतबारको बैठकको विशेष समयमा उनले आन्दोलनका क्रममा मृत्यु भएका पदम लिम्बूको सम्बन्धमा सरकारको ध्यानाकर्षण गराए ।
उनले लिम्बूलाई शहीद घोषणा गर्न मागसमेत गरे ।
प्रकाशित मिति: आइतबार, चैत १२, २०७९ १५:४७













