News Griha :: न्यूजगृह
मुलुकलाई काठमा आत्मनिर्भर बनाउने लक्ष्य राखिएको छ : वनमन्त्री महतो

काठमाडौं— वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतोले आगामी आर्थिक वर्षमा मुलुकलाई काठमा आत्मनिर्भर बनाउने लक्ष्य राखिएको बताएका छन् । 

आइतबार प्रतिनिधि सभा बैठकमा मन्त्री महतोले आगामी आर्थिक वर्षको बजेटमा काठ र काष्ठजन्य वस्तुमा मुलुकलाई आत्मनिर्भर बनाउने गरी बजेट विनियोजन गरिएको बताए । आगामी वर्ष काठ आयातलाई प्रतिस्थापन गर्ने लक्ष्य राखिएको उनको भनाइ छ । 

उनले आगामी बजेट वनको दिगो व्यवस्थापन, सार्वजनिक तथा नदी उकास क्षेत्रमा वृक्षारोपण, भू तथा जलाधार संरक्षण, जैविक विविधताको संरक्षण, जलवायु परिवर्तनको अनुकूलन र वातावरण संरक्षण कायम गर्दै वन क्षेत्रलाई आर्थिक वा उत्पादनमुलक क्षेत्रको रूपमा विकास गर्नेगरी प्रस्ताव गरिएको स्पष्ट पारे । 

मन्त्री महतोले दिगो वन व्यवस्थापन मापदण्ड तयारीको अन्तिम चरणमा रहेको जानकारी दिए । त्यस्तै, निजी जग्गामा रहेका रुख, बिरुवा कटान गरी कृषि बालीसरह ओसारपसार गर्न पाउने गरी व्यवस्था गरिएको उनले बताए । 

प्रकाशित मिति: आइतबार, असार १०, २०८०  १४:२१
Weather Update