विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका ३१६ सुरक्षाकर्मीलाई फिर्ता

काठमाडौं— बहालवाला तथा पूर्वविशिष्ट व्यक्तिको सुरक्षामा खटिएका ३१६ जना सुरक्षाकर्मीलाई फिर्ता भएका छन् ।
आइतबारको प्रतिनिधि सभा बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ विपरीत खटिएका ३१६ जना सुरक्षाकर्मी फिर्ता बोलाइएको जानकारी दिए ।
फिर्ता बोलाइएका सुरक्षाकर्मी मध्ये १९० जना नेपाल प्रहरी र १२६ सशस्त्र प्रहरी बलका हुन् ।
प्रकाशित मिति: आइतबार, असार १०, २०८० १४:०६