News Griha :: न्यूजगृह
नक्कली कागजात बनाएर विदेश पठाइँदा सरकार के हेरेर बसेको छ?

काठमाडौं— राष्ट्रिय सभा सदस्य जयन्तीदेवी राईले वैदेशिक रोजगार व्यवसायिक संस्थाहरुले मनपरी ढंगले विदेश पठाइरहेको बारेमा सरकार जानकार छ की छैन भन्दै प्रश्न गरेकी छन् ।

आइतबार राष्ट्रिय सभा बैठकमा उनले वैदेशिक रोजगार व्यवसायिक संस्थाहरुले मनपरी ढंगले श्रमिकहरुलाई विदेश पठाइरहेको भन्दै सरकारले आवश्यक कदम चाल्नुपर्ने बताइन् ।  

उनले नक्कली कागजपत्रहरु बनाएर वैदेशिक रोजगार व्यवसायिक संस्थाहरुले मनपरी गरिरहेकोप्रति सरकारको ध्यानाकर्षण समेत गराइन्। राईले नागरिकलाई सुरक्षितसँग वैदेशिक रोजगारीमा जाने वातावरण सिर्जना गर्न सरकारसँग माग गरिन् ।  

प्रकाशित मिति: आइतबार, चैत १२, २०७९  १५:४०
Weather Update