२४ घण्टाभित्रै वाग्नर लडाकु समूहले रुस छोड्यो

काठमाडौं— वाग्नर लडाकु समूहले रुसको रोस्तोभ–अन–डन शहर छोड्न थालेको छ । सशस्त्र विद्रोहको घोषणा गर्दै मस्कोतर्फ अगाडि बढिरहेको वाग्नर समूह २४ घन्टा नबित्दै पछि हटेको हो ।
समूहका प्रमुख येभ्गेनी प्रिगोजिनले आफ्ना लडाकूहरूलाई रक्तपातबाट बच्नका लागि युक्रेन फर्कन आह्वान गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् । साथै प्रिगोजिन बेलारुसतर्फ गएको जनाइएको छ ।
वाग्नर समूह भाडाको सेना हो जुन पैसाको लागि युद्धमा होमिने गर्छ । वाग्नर लडाकु समूह रुससँग मिलेर युक्रेन विरुद्धको युद्धमा लडिरहेको निजी सेना हो । रुसी सेना र वाग्नर लडाकु समूहबीच अविश्वास बढेपछि रुसमा तनावको अवस्था सृजना भएको थियो ।
प्रकाशित मिति: आइतबार, असार १०, २०८० १३:०३