News Griha :: न्यूजगृह
मन्त्री अनुपस्थित हुँदा राष्ट्रियसभा बैठक आधा घण्टा ढिलो, सरकारका नाममा रुलिङ

राष्ट्रियसभाको बैठकले नेपाल सरकारका नाममा रुलिङ गरेको छ । 

आइतबार बैठकको सुरुमै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक सुरु हुने निर्धारण समयभित्रै नेपाल सरकारका मन्त्रीहरूलाई बैठकमा अनिवार्य उपस्थित भइसक्न रुलिङ गरेका हुन् ।

राष्ट्रियसभाको आइतबारको बैठक दिउँसो १ बजेर १ मिनेटमा बोलाइए पनि सरकारका कुनै पनि मन्त्रीको उपस्थिति नभएपछि बैठक आधा घण्टा ढिला गरी सुरु हुन पुगेको थियो ।

प्रकाशित मिति: आइतबार, चैत १२, २०७९  १४:३२
Weather Update