News Griha :: न्यूजगृह
नेपाली क्रिकेट टिमसँगै खाना खाने एमाले अध्यक्ष ओलीको इच्छा 

काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली क्रिकेट टिमलाई हौसला दिएका छन् । उनले परिणाम सोचेजस्तो नभए पनि खेलाडीको मेहनत कमजोर नभएको बताए ।

आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा समूह चरणबाटै बाहिरिएको नेपाली क्रिकेट टिमलाई अध्यक्ष ओलीले  निराश नहुन आग्रह गर्दै एउटा असफलता यात्राको अन्त्य नभएको बताए । 

सामाजिक सञ्जाल फेसबुकमार्फत पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले क्रिकेट टिम नेपाल फर्केपछि सँगै खाना खानेगरी भेट्ने प्रतिबद्धता पनि जनाएका छन् ।

‘यात्रा जारी छ ! हिजो मैले नेपाली टिम र नेदरल्याण्डबीचको खेल लाईभ  हेरें । मोबाइलमा इन्टरनेट स्लो भएर केही डिस्टर्ब भयो, तैपनि हेरें । आईसीसी एक दिवसीय क्रिकेट विश्वकपमा सहभागी हुन त हामीले पाएनौं । मेहनत जननी हो भने परिणाम शिशु । कहिलेकाहीं मेहनतका बाबजुद पनि परिणाम प्राप्त नहुन सक्छ । यसबाट निराश हुनु हुँदैन । परिणाम हामीले सोचेजस्तो नभए पनि नेपाली टिमको मेहनत कमजोर थिएन । मेहनतका लागि धन्यवाद नेपाली क्रिकेट टिम ! नेपाल फर्केपछि सँगसँगै खाना खाने गरी भेटौँला । एउटा असफलता यात्राको अन्त्य होइन, हाम्रो यात्रा जारी छ,’ओलीले फेसबुकमा लेखेका छन् ।

प्रकाशित मिति: आइतबार, असार १०, २०८०  ०९:४९
Weather Update