News Griha :: न्यूजगृह
जसपाको विधान अधिवेशन आजबाट, आठ सय प्रतिनिधिहरू सहभागी हुँदै

काठमाडौं— जनता समाजवादी पार्टी, नेपाल (जसपा) को विधान अधिवेशन आजबाट सुरु हुँदैछ ।

अधिवेशन बिहान ११ बजे प्रज्ञा प्रतिष्ठानमा सुरु हुनेछ । केन्द्रीय कमिटीका ४ सय १० सदस्यका साथै प्रदेश र जिल्ला कमिटी, भ्रातृ संगठन लगायतबाट देशभर तथा प्रवाससमेत गरी करिव आठ सय प्रतिनिधिहरू सहभागी हुँदैछन् ।

विधान अधिवेशनको पहिलो दिन पार्टीको विधान मस्यौदा प्रस्तुत हुनेछ । मस्यौदा पार्टी अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गर्नेछन् ।

प्रकाशित मिति: आइतबार, असार १०, २०८०  ०९:११
Weather Update