News Griha :: न्यूजगृह
प्रतिनिधिसभाको बैठक सुरु 

काठमाडौं— प्रतिनिधि सभाको बैठक सुरु भएको छ।

आइतबारको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। 

त्यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयकमाथि विचार गरियोस् भनी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ। 

यसअघि अघिल्लो बैठकमा यस सम्बन्धी विधेयक प्रधानमन्त्रीको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले प्रस्तुत गरेकी थिइन्। आइतबारको बैठकमा उक्त विधेयकमा छलफल हुनेछ। 

छलफलपछि संशोधनका लागि ७२ घण्टे समय अवधि तोक्ने, संसदीय समितिमा पठाउने लगायतका प्रक्रिया छन्। तर सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित यी विधेयकलाई सरकारले फास्ट ट्र्याकबाट पारित गर्ने तयारी गरेको छ।

प्रकाशित मिति: आइतबार, चैत १२, २०७९  १३:२५
Weather Update