News Griha :: न्यूजगृह
दाङमा चट्याङ लागेर दुईको मृत्यु

दाङ— दाङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । चट्याङ लागेर दंगीशरण गाउँपालिकामा दुई जनाको मृत्यु भएको हो ।

खेतमा काम गरिरहेका बेला अपराह्न चट्याङ पर्दा दंगीशरण–३ का ३७ वर्षीय रामनारायण चौधरी र दंगीशरण–६ का ३२ वर्षीय समीर केसीको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर वलीले बताए ।

सख्त घाइते भएका दुवै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको वलीले जनाए ।

प्रकाशित मिति: शनिबार, असार ९, २०८०  २०:५५
Weather Update