News Griha :: न्यूजगृह
मुलुक अस्थिरतातर्फ जाने निश्चित जस्तै छ : उपाध्यक्ष पौडेल

काठमाडौं— नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अहिलेको घटनाक्रमले देश अस्थिरतातिर जाने निश्चित जस्तै रहेको बताएका छन्।

आइतबार बिहान सुर्खेत विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै पूर्व अर्थमन्त्री समेत रहेका पौडेलले यो गठबन्धनबाट देशको भविष्य नरहेको टिप्पणी गरे। यो सरकारले देशलाई समृद्धिको मार्गमा अघि बढाउन नसक्ने उनको दाबी थियो।

निर्वाचनको नतिजा अनुसार एमालेले प्रतिपक्षमा बस्ने तयारी गरे पनि राजनीतिक समीकरण बदलिने स्थित आएपछि प्रचण्डलाई प्रधानमन्त्री बनाएर सरकारमा गएको उनले स्मरण गरे। उनले भने, 'समझदारीका साथ सरकारमा गएको हो। यद्यपि ‌प्रचण्डले धोका दिएर मुलुकलाई अस्थिरतातर्फ धकेले।' 

नेता पौडेलले एमालेको एकल बहुमतको सरकार निर्माण गर्ने तयारी स्वरूप ग्रासरुट अभियान सञ्चालन गरिएको बताए। 

प्रकाशित मिति: आइतबार, चैत १२, २०७९  १२:०२
Weather Update