भ्रमण
राष्ट्रपति पौडेलले गरे गोरखा दरबारको अवलोकन

काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले गोरखा दरबारको अवलोकन गरेका छन्।
आइतबार बिहान साढे ९ बजे राष्ट्रपति पौडेल नेपाली सेनाको हेलिकप्टर चढेर गोरखा गएका थिए। गत फागुन २५ गते राष्ट्रपति निर्वाचित भएपछि राष्ट्रपति पौडेल पहिलो पटक गोरखा दरबारको अवलोकन गर्न पुगेका हुन्।
राष्ट्रपति पौडेलले गोरखा दरबार क्षेत्रभित्र रहेको गोरखकालीको मन्दिरमा पूजाआजा समेत गरेका छन्। पौडेलले भू-कम्पपछि पुर्ननिर्माण गरिएको गोरखा दरबारको अवलोकन समेत गरेका छन्।
तस्बिरहरूः राष्ट्रपति रामचन्द्र पौडेलको सचिवालय



प्रकाशित मिति: आइतबार, चैत १२, २०७९ ११:२८













