News Griha :: न्यूजगृह
जनतालाई धोका दिनुहुन्न भन्ने कुरामा प्रतिबद्ध छु : मन्त्री किराती

काठमाडौं— संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नागरिकलाई धोका दिने कुरा सोच्नै नसक्ने बताएका छन् ।

नेपाल प्रज्ञा–प्रतिष्ठानको ६६औँ वार्षिकोत्सवका अवसरमा आयोजित राष्ट्रिय कविता महोत्सवमा उनले मन्त्रालयमा आफूलाई सुविधाको अफर आउने गरेको तर, देश र जनतालाई धोका दिनुहुन्न भन्ने कुरामा प्रतिबद्ध रहेर आफूले काम गरिरहेको दाबी गरे । 

उनले भने, ‘आज म सरकारको सदस्य हँु । सरकारको सदस्य त्यो मन्त्रीको कुर्सीमा बसिरहँदा सुविधाको अफर आउँदा म सम्झिन्छु– मेरो प्रधानमन्त्रीको अनुहार, जनता, शहीद घाइते बेपत्तालाई सम्झेर यो देश र जनतालाई धोका दिनुहुन्न भनेर प्रतिबद्ध छु ।’

उनले साहित्यको क्षेत्रबाट सुशासनको पक्षमा, भ्रष्टाचारको विरुद्धमा र समृद्धिको पक्षमा योगदानका लागि अपिल गरे । जहिलेसम्म समाजमा विभेद भइरहन्छ तबसम्म समाज समृद्ध नहुने उनको भनाइ छ । 
 

प्रकाशित मिति: शनिबार, असार ९, २०८०  १७:०५
Weather Update