News Griha :: न्यूजगृह
चित्त बुझेन भने गठबन्धन फेरिन्छ : गगन थापा
फाइल तस्बिर ।

काठमाडौं— नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चित्त बुझ्नेगरी काम नगरे गठबन्धन फेरिने बताएका छन् । 

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा महामन्त्री थापाले भने, ‘हामी अहिले एक गठबन्धनमा छौँ, गठबन्धन ठिक ढंगले गएन, चित्त बुझेन भने गठबन्धन बदलिन्छ । नयाँ सरकार बन्छ, कुनै अनौठो कुरा भएन । बन्छ, भत्किन्छ भइराख्छ ।’

उनले नेपाली कांग्रेसले सरकार छोड्नुपर्छ कि भन्ने डरले चुनावअघि नै गठबन्धन गर्नु गलत भएको बताए । सरकार छोड्न परे पनि नडराइकन एक्लाएक्लै चुनाव लड्न कांग्रेसले सक्नुपर्ने उनको भनाइ छ । 

उनले समाजवादी मोर्चामा अझै नेकपा एमाले पनि थपिएर कम्युनिस्टहरू एकै ठाउँमा भए पनि कांग्रेसलाई फरक नपर्ने बताए । 

प्रकाशित मिति: शनिबार, असार ९, २०८०  १२:१०
Weather Update