अखाद्य वस्तु सेवन गर्दा दुईजनाको मृत्यु, दुई जना बिरामी

बर्दिया— मधुवन नगरपालिका– ८ टिसियन फाँटमा ‘सेनिटाइजर’जस्तो देखिने तरल पदार्थ सेवन गर्दा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ७० वर्षीया गौरी रजनी र ४० वर्षीया कमला सुनार रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहराले बताए ।
तरल पदार्थ सेवन गरेका एकै परिवारका ७५ वर्षीय जयबहादुर र ७५ वर्षीया जगतकुमारी गुरुङ गम्भीर बिरामी परेका छन् । उनीहरूलाई गएराति नै उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ । घटनाका बारेमा अनुसन्धान भइरहेको डीएसपी बोहराले बताए । रासस
प्रकाशित मिति: शनिबार, असार ९, २०८० १०:३२