News Griha :: न्यूजगृह
कान्तिलोकपथ अवरुद्ध
प्रतीकात्मक तस्बिर । 

मकवानपुर कान्तिलोकपथ अन्तर्गत ललितपुरको भट्टेडाँडास्थित प्रहरीचौकीको करिब पाँच सय मिटर दक्षिणतर्फ शनिबार बिहान पहिरो जाँदा यातायात अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहानैदेखि पानी परिरहेकाले पहिरो पन्छाउन समस्या भएको छ ।

त्यस्तै, मकवानपुर जिल्लास्थित त्रिभुवन राजपथ, पूर्व–पश्चिम राजमार्ग र भीमफेदी कुलेखानी सडकखण्डअन्तर्गत कुलेखानी चित्लाङतर्फको यातायात सेवा भने सञ्चालनमा रहेको मकवानपुरका निमित्त प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए । 

प्रकाशित मिति: शनिबार, असार ९, २०८०  १०:२६
Weather Update