
काठमाडौं— कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शनिबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।
जसअनुसार, भारतीय ठूलो गोलभेँडा प्रतिकेजी न्यूनतम ५० रुपैयाँ, ठूलो गोलभेँडा नेपाली ४० रुपैयाँ, रातो आलु ४२ रुपैयाँ, सेतो आलु ३४ रुपैयाँ स्थानीय काउली ८० रुपैयाँ, लोकल बन्दा ८ रुपैयाँ, प्याज सुकेको ४५ रुपैयाँ प्रतिकेजी मूल्य निर्धारण गरिएको छ ।
त्यस्तै, लोकल गाँजरको न्यूनतम मूल्य प्रतिकेजी १००, तने बोडी ८०, मकै बोडी ७०, लोकल घिउ सिमी लोकल ७०, राजमा सिमी ८०, भटमास कोशा ९०, मटर कोशा १८०, तितो करेला ६०, लौका ६०, परबर लोकल ६०, पाकेको फर्सी ३०, डल्लो फर्सी हरियो ३०, घिरौँला ६०, भिण्डी ८०, इस्कुस ५०, कन्य च्याउ १६० रुपैयाँ, डल्ले च्याउ ३२०, कुरिलो २००, ब्रोकाउली ८०, तोफु १००, लोकल काँक्रो ७० रुपैयाँ प्रतिकेजीमा बिक्री भैरहेको छ ।
तोरीको साग ३० हरियो लसुन १००, हरियो प्याज ९०, रायो साग ३०, धनियाँ ८० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य तोकिएको छ ।
त्यस्तै, तरबुजा हरियो ७०, मलदह आँप ७०, मौसम १८०, अनार ४००, केरा दर्जनको १२०, कागती १५०, स्याउ फुजी ३००, आभोकाडो ६०० र मेवा भारतीय ११० र लिच्ची लोकल १००, जुनार २२० रुपैयाँ तोकिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले उल्लेख गरेको छ ।