जसपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं— आइतबारदेखि सुरु हुने विधान अधिवेशनको अन्तिम तयारीको लागि जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय समिति बैठक बस्दैछ ।
बैठक बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने केन्द्रीय कार्यकारिणी समिति सदस्य राजकिशोर यादवले जानकारी दिए ।
बैठकले केन्द्रीय समितिबाट मस्यौदा विधान पारित गरेपछि विधान अधिवेशनमा प्रस्तुत हुनेछ । उक्त अधिवेशनमा संघीय परिषद् खारेज गरेर पुनः एकल नेतृत्वमा फर्कने गरी तयार पारिएको विधान अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गर्नेछन् ।
भोलिको बैठकमा केन्द्रीय कमिटीका ४ सय १० सदस्यका साथै प्रदेश र जिल्ला कमिटीलगायतबाट ८ सय प्रतिनिधिहरू सहभागी हुँदैछन् ।
यसरी सहभागी भएका प्रतिनिधिहरूलाई १० वटा समूहमा विभाजन गरेर विधान माथि छलफल हुनेछ र पारित गर्ने प्रमुख एजेण्डा रहेको छ ।
प्रकाशित मिति: शनिबार, असार ९, २०८० ०८:५५