News Griha :: न्यूजगृह
काभा भलिबल : नेपाल किर्गिस्तान ‘बी’सँग ३–२ को सेटमा पराजित

काठमाडौं— सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगमा नेपाल आयोजक किर्गिस्तानको ‘बी’सँग पराजित भएको छ।

किर्गिस्तानको बिस्केकस्थित स्पोर्ट्स एण्ड रिक्रियसन कम्प्लेक्समा भएको खेलमा किर्गिस्तानको ‘बी’ टोलीले नेपाललाई ३–२ को सेटमा हराएको हो।

नेपालले पहिलो सेट २५–२३ ले जितेको थियो। दोस्रो र तेस्रो सेट किर्गिस्तानले २९–२७ र २५–२२ ले आफ्नो पक्षमा बनायो। चौथो सेट नेपालले २५–११ले जितेपछि खेल पाँचौँ सेटमा पुग्यो । त्यसपछि पाँचौँ सेट १६–१४ ले जित्दै किर्गिस्तानले विजयी हासिल गर्‍यो।

नेपालको यो लगातार पाँचौँ हार हो। यसअघि नेपाल मंगोलिया, किर्गिस्तान, इरान र  तुर्कमिनिस्तानसँग पराजित भएको थियो।काभा नेसन्स लिगमा नेपालसहित सात टोलीको सहभागिता छ। अब नेपालले लिग चरणको आफ्नो अन्तिम खेल उज्वेकिस्तानसँग खेल्नेछ।

प्रकाशित मिति: शनिबार, असार ९, २०८०  ०६:५२
Weather Update