News Griha :: न्यूजगृह
उपप्राध्यापक चलाउनेले किन ताेडे अनशन ?

काठमाडौं— त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले शुक्रबार अनशन तोडेका छन् ।

पाँच दिनदेखि त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालय अगाडि अनशन बस्दै आएका चलाउनेलाई चितवनकी होमकुमारी बरालले दही खुवाएर अनशन तोडाएकी हुन् ।

मन्त्रिपरिषद् बैठकले चलाउनेलाई आक्रमण गर्ने नेपाल विद्यार्थी संघका कार्यकर्ताविरुद्धको मुद्दा फिर्ता लिने निर्णय गरेपछि चलाउने त्यसको विरोधमा अनशन बसेका थिए ।

चलाउनेमाथि कुटपिट हुँदा त्यतिबेला होमकुमारी बरालले नै बचाएकी थिइन् । उनी शुक्रबार चितवनबाट काठमाडौं आएकी थिइन् ।

सर्वोच्च अदालतले बिहीबार चलाउनेमाथि आक्रमण गर्नेहरुविरुद्धको मुद्दा फिर्ता लिने निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राख्नु भनी आदेश दिएपछि उनले अनशन स्थगित गरेका हुन् ।

प्रकाशित मिति: शुक्रबार, असार ८, २०८०  २१:३७
Weather Update