News Griha :: न्यूजगृह
माधवलाई झलनाथको कटाक्ष— दुई मन्त्री बनाएर क्रान्ति अघि बढ्दैन

काठमाडौं— पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीबाट दुई जना मन्त्री बनाएर क्रान्ति अघि नबढ्ने बताएका छन् ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई कटाक्ष गर्दै क्रान्ति अघि नबढ्ने बताएका हुन् । 

उनले भने, ‘दुई जना मन्त्री बनाएर यो क्रान्ति अघि बढ्दैन । दुई जना मन्त्री बनायौँ कार्यनीतिक रुपमा । त्यो आवश्यक छ होला तर हाम्रो पार्टीले गर्नुपर्ने श्रमिक जनतासँग एकताबद्ध हो ।’

उनले नेकपा एकीकृत समाजवादीको महाधिवेशन नभइसकेकाले अहिलेसम्म पार्टी निमित्त मात्रै भएको बताए ।

प्रकाशित मिति: शुक्रबार, असार ८, २०८०  १८:२८
Weather Update